Home » आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट पार्न पहल गर्ने उपप्रधानमन्त्री उपेन्द्र यादव
news

आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट पार्न पहल गर्ने उपप्रधानमन्त्री उपेन्द्र यादव

जेठ २ गते २०६७ साल, काठमाडौं 

चालु आर्थिक वर्षमा ४.४ प्रतिशत मात्रै स्वास्थ क्षेत्रमा छुट्टयाइएको जानकारी दिँदै उपप्रधानमन्त्री एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवज्युले  आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट पार्न आफूले एकदमै  पहल गरिरहेको  बताउनु भएको छ।




थाइल्याण्डमा कुल बजेटको २१ प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याएको उदाहरण दीदै नेपालमा भने एकदमै नुयुन छुट्याइने   प्रवृत्तिले आज स्वास्थ छेत्र सोचे जस्तो उचाईमा पुग्न नसकेको जानकारी दीनुभयो। आफ्नो कर्यकालमा जसरी पनि स्वास्थ छेत्रलाई  केही हद माथी उठाउने बताउनु भएको छ ।  नेपाल स्वास्थ छेत्रको मुहार फेर्ने काम गर्नेछु भन्दै आज उहाले  महाराजगंजस्थित कान्तिबाल अस्पतालमा मेडिकल उपकरण हस्तान्तरण गर्दै सबैलाई  स्वास्थ छेत्रमा  केही आमूल परीवर्तन ल्याउने  बताउनु भएको छ ।
उहाले कान्ति बाल अस्पतालको व्यवस्थापनलाई  उपलब्ध स्रोत र साधन प्रयोग गरी बिरामीलाई अधिकतम गुणस्तरीय सेवा प्रदान गर्न निर्देशनसमेत दीनुभयो ।


कर्मचारी समायोजन सम्पन्न भएलगत्तै देशभरीको स्वास्थ्य जनशक्ति, अस्पतालको भौतिक तथा प्राविधिक अवस्था र मेडिकल उपकरणको उपलब्धताको तथ्यांक संकलन गरी देशभरी जनशक्ति र उपकरण पुयाउने समेत उपप्रधानमन्त्री यादवले बताउनु भयो।




Discover more from PHARMA SOLUTION NEPAL

Subscribe to get the latest posts sent to your email.

Add Comment

Click here to post a comment

Discover more from PHARMA SOLUTION NEPAL

Subscribe now to keep reading and get access to the full archive.

Continue reading